जेठ १८ गते ‘सिइओ कन्फरेन्स’ हुँदै

Advertisement

काठमाडौँ । नेपाल व्यवस्थापन संघको आयोजनामा यही जेठ १८ गते ‘सिइओ कन्फरेन्स’ हुने भएको छ । सङ्घले आज पत्रकार सम्मलेन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो । 

संघका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए । उनले भने, “विश्वका मुद्दाहरुका सम्बोधनका लागि यो सम्मेलनले नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।”

Advertisement

सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ रहेको छ । सम्मेलनको उद्देश्य सरोकार भएकालाई प्रविधि, उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक अवधारणद्वारा परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न सकिन्छ र सोबारेमा अन्वेषण गर्न सहयोग गर्नु रहेको उनले जानकारी दिए ।  

सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रममा चारजना विदेशी वक्ताको सहभागिता रहनेछ भने विभिन्न स्ङ्घ संस्थाबाट दुई सयभन्दा बढी सिइओहरु उपस्थित हुने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement