नागरिकता किर्ते गरेको कसूरमा कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी

Advertisement

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसूरमा पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाको दुई–तीनवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको पाइएको प्रहरीको भनाई छ ।

Advertisement

उनीविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

नेपालको राजनीतिक र आर्थिक सेटिङ र चलखेलमा सक्रिय रहने गरेका सिरोहियामाथि अदालतदेखि प्रशासनसम्म प्रभावमा पारेर फाइदा लिने, धम्क्याएर निजी कम्पनीको गोल्डेन शेयर हात पार्ने गरेको आरोप समेत लाग्ने गरेको आरोप लाग्दै आएको छ । 

Advertisement

Advertisement