शेयर बजार लगातार तीन दिन बन्द

Advertisement

काठमाडौं । शेयर बजार लगातार तीन दिन बन्द हुने भएको छ । 

सरकारले आज २५६८औं बुद्ध जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ । यसदिन शेयर बजारसहित, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहनेछन् । 

Advertisement

शुक्रबार र शनिबार स्वतः शेयर बजार कारोबार हुनेछैन । अन्य बैंक तथा वित्तीय संस्था भने शुक्रबार नियमित समयमै खुल्नेछन् । 

तर, शेयर बजार भने आइतबार मात्र खुल्नेछ । 
 

Advertisement

Advertisement