नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय

Advertisement

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त हुने भएका छन् । शनिबार बसेको कम्पनीको सञ्चालक समितिले थापालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सीईओ छनोट समितिले दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धीकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापालाई सर्टलिष्टमा छनोट गरेको थियो । उनीहरुको गत शुक्रबार अन्तरवार्ता समेत भएको थियो । 

Advertisement

छनोट समितिकै सिफारिसमा थापालाई सीईओ नियुक्त गरेको सञ्चालक समितिका एक अधिकारीले जानकारी दिए ।

‘अब हामीले नेपाल बीमा प्राधिकरणबाट सीईओ नियुक्तीका लागि थप स्वीकृत लिनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ । स्वीकृती पाएपछि उहाँ (थापा) लाई सीईओ नियुक्ती गर्नेछौं,’ उनले बताए । थापालाई ४ बर्षका लागि सीईओ नियुक्ती गर्न लागिएको हो । यसअघि उनी तत्कालीन अजोड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत थिए । 

यसअघिका सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि कम्पनीले गत फागुत ७ गते सीईओका लागि दरखास्त आह्वान गरेको थियो । 

यो सरकारी स्वामित्वको कम्पनी हो । तसर्थ, यसमा खुला प्रतिस्पर्धाबाट नै सीईओ नियुक्ती गर्नुपर्ने व्यवस्था छ ।

Advertisement