काँग्रेसको बिरोधका बीच सभामुखले नीति तथा कार्यक्रम पारित गराए

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गर्नुभएको आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । 

Advertisement

सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलवार १ बजेका लागि बोलाए । उनले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे । 

Advertisement

Advertisement