देशमा राजनीतिक संकट, समस्या, चुनौतीहरु खडा भइरहेका छन्ः जनार्दन शर्मा

Advertisement

काठमाडौं । माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन र अर्थतन्त्रका सुधार गर्नेगरी आएको दावी गरेका छन् । 

आईतवार संसद बैठकमा उनले पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन र सामाजिक सेवा प्रवाहमा सुधार हुनेगरी नीति तथा कार्यक्रम रहेको पनि बताए । 

Advertisement

त्यस्तै, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई नीति तथा कार्यक्रमले अगाडी सारेको पनि शर्माले बताए । 

उनले भने, ‘सरकारले ल्याएको नीति, कार्यक्रमले विशेषगरी संविधान कार्यान्वयन, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई अगाडी सारेको छ । सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहलाई सारभुत र आम जनताले अनुभुत गर्न सक्ने सुधार गर्न शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अगाडी सारिएका यी महत्वपूर्ण नीतिहरु पार्टी विशेषका भन्दा पनि आम नेपाली जनताको आवश्यकताका कुराहरु हुन् ।’ 

शर्माले थपे, ‘हामी सबै राजनीतिक दलका साझा मुद्दाहरु हुन् । यी राजनीतिक दलका साझा मुद्दाहरुलाई हामीले आत्मसात् गरेर एउटा सहमतीबाट देशलाई अगाडी बढाउने, सहमतीबाट मात्रै समृद्धिको बाटो खुल्ने छ । हामी सुशासन स्थापना गर्नेछौँ र जनताको आक्रोश र आवश्यकताहरुलाई सम्बोधन गर्न सक्नेछौँ । अन्यथा देशमा राजनीतिक संकट, समस्या, चुनौतीहरु खडा भइरहेका छन् । भोली पश्चाताप गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । फेरि पनि यो नीति, कार्यक्रमले अगाडी सारेका सार कुरा मैले बताएँ ।’

नीति तथा कार्यक्रमले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने पनि उनले बताए । 

Advertisement

Advertisement