कति बढ्यो नेपालीको आम्दानी ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ मा एक जना नेपालीको आम्दानी एक लाख ९१ हजार ८८८  रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । 

यो फागुन मसान्तसम्मको तथ्यांकमा आधारित हो । आगामी असार मसान्तसम्म पुग्दा प्रति व्यक्ति कुल ग्रार्हस्थ उत्पादन (प्रतिव्यक्ति आम्दानी) सो बराबर पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

गत आवमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन एक लाख ८१ हजार ५ सय ६९ रहेको थियो । त्यो अनुसार समिक्षा बर्षमा नेपालीको आम्दानी १० हजार ३१९ रुपियाँले बढ्ने देखिन्छ । प्रतिशतका आधारमा यो ५.७ प्रतिशतले वढ्ने अनुमान गरिएको छ । 

पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ९.१ प्रतिशत रहेको छ। गत आवमा प्रति व्यक्ति आम्दान १३ सय ८९ अमेरिकी डलर रहेकोमा चालु आवमा १४ सय ३४ अमेरिकी डलर पुग्ने अनुमान छ ।

सर्वेक्षणअनुसार प्रतिव्यक्ति राष्ट्रिय आय पनि क्रमशः बढ्दै गएको छ । चालु आवमा प्रति व्यक्ति कुल राष्ट्रिय आय ३.६ प्रतिशतले वृद्धि हुने अनुमान छ । 
गत आर्थिक वर्ष यस्तो आय १ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्ष प्रति व्यक्ति राष्ट्रिय आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो आय अमेरिकी डलर रहेको थियो ।

त्यसैगरी, गत आर्थिक वर्ष प्रतिव्यक्ति कूल खर्च योग्य आय १७ सय ५५ अमेरिकी डलर रहेकोमा अहिले १८ सय ४३ डलर पुग्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement