देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण

Advertisement

काठमाडौं । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ । 

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ । 

Advertisement

२०८० फागुनसम्म देशभर १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्रे  भएको छ । ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३ सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्यांकले औंल्याएको छ । 

कूल सडकमध्ये ५३.२ प्रतिशत कालोपत्रे, २२.२ प्रतिशत ग्राभेल र २४.३ प्रतिशत कच्ची छ ।

Advertisement

Advertisement