कृषिमा लगानी दशक घोषणा

Advertisement

काठमाडौं । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट घोषणा गर्दै २०८१ देखि २०९१ सम्मका लागि यस्तो दशक घोषणा गरेको हो । 

अर्थमन्त्री वर्षमान पुनले भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताउँदै सरकार, किसान र व्यवसायी मिलेर करार खेती प्रवर्द्धन गरिने, कृषि उपज प्रशोधन र निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज, अनुदान, मल बिउ प्रदान गरिने, हिमाल र पहाडमा ५० रोपनी तथा तराईमा १० विघाभन्दा बढी जग्गामा एकीकरण र चक्लाबन्दी गरी व्यवसायिक खेती, पशुपालन गर्नेलाई मेसिनरी तथा पार्टपुर्जा खरिदमा कर छुट तथा कर्जामा ब्याज अनुदान दिइने बताएका छन् । 

Advertisement

सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ।

साथै, सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष सरकारले रासायनिक मलमा ३० अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो ।

Advertisement

Advertisement