यस बर्षको बजेटमा पनि गाँजाको व्यवसायिक खेतीका लागि अनुमति दिने प्रतिवद्धता

Advertisement

काठमाडौं । सरकारले औषधिय प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्न सरकारले अनुमति दिने बताएको छ । 

संसदमा आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले सो अनुमति दिने बताएका हुन् । गत बर्ष बजेट प्रस्तुत गर्दा तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले सो कुराको घोषणा गरेका थिए । तर यसको कार्यान्वयन हुन सकेन् । 

Advertisement

बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री बर्षमान पुनले औषधिय प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने दोहोर्याएका हुन् । 

गाँजा खेतीलाई वैधानिकता दिन चर्को दबाब रहे पनि सरकारले भने विदेशीको दबाबमा सो कुरालाई बेवास्ता गर्दै आएको छ । 
औषधिय प्रयोजनका लागि गाँजा खेतीको अनुमति दिन मापदण्ड बनाउन गृह मन्त्रालयले छलफलसमेत चलाएको थियो । 

Advertisement