त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गरिने

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने सरकारले बताएको छ । 

आगामी आर्थिक बर्षको लागि मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले सो योजना सुनाएका हुन् । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अगामी आर्थिक वर्ष लगानीको ढाँचा र पूर्व तयारी सम्पन्न गरिने बताए ।

Advertisement

भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने, यसका लागि ३६ करोड विनिजोन गरिएको बताउँदै पुनले सुर्खेत विमानस्थलको स्तरोन्नतीको गरिने, रोल्पाको बलाचोर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी, नेपालगन्ज विमानस्थलको स्तरन्नती गरिने बताए । 

नागरिक उड्डयनका लागि तीन अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । 

Advertisement

Advertisement