पूर्वपश्चिम महेन्द्र राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

Advertisement

काठमाडौं । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ । 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । मन्त्री पुनले सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताए । 

Advertisement

स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

Advertisement

Advertisement