आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट, कुन शीर्षकमा कति खर्च ?

Advertisement

काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपियाँ विनियोजन गरेको छ । 

यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरिएको छ जुन कूल बजेटको १८.९४ प्रतिशत हो । 

Advertisement

यस्तै वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपियाँ विनियोजन गरिएको छ जुन कूल बजेटको १९.७४ प्रतिशत हो । 

यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । र, संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो ।

आागामी आवको खर्च धान्न राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड उठ्ने अनुमान छ । यसैगरि वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, बाह्य ऋणबाट २ खर्ब १७ अर्ब  र आन्तरीक ऋणबाट ३ खर्ब ३० अर्ब स्रोत जुटाउने उनले बताए ।

undefined

Advertisement

Advertisement