स्वास्थ्य बीमालाई ७ अर्ब ५० करोड, वैकल्पिक उपचार पद्धतिका लागि कति ?

Advertisement

काठमाडौं ।  सरकारले स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउन आगामी आवका लागि ७ अर्ब ५० करोड रुपियाँ बजेट छुट्टाएका छ । अर्थमन्त्री बर्षमान पुनले आज संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले बताए ।

Advertisement

वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड 
त्यसैगरी, सरकारले वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन गेको छ । साथै, सिंहदरबार वैद्यखानको पुनर्संरचना गरी क्षमता विस्तार गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । 

त्यसैगरी, आधारभूत आयुर्वेद औषधि उत्पादन प्रवर्धनसमेत गरिने भएको छ । त्यसैगरी, सरकारी, निजी र सामुदायिक क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढसमेत बनाउने अर्थमन्त्री पुुनले बताए । 

‘साथै वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पुनले भने ।

Advertisement