राष्ट्र बैंकले बढायो सुनमा लगानी

Advertisement

काठमाडौं । सुनको मूल्य थप बढ्ने आशामा विश्वका ठूला देशका केन्द्रीय बैंकहरुले सुन किनेर होल्ड गर्ने प्रवृत्ति बढ्दो क्रममा छ । पछिल्लो समयमा सुनको महत्व पनि बढ्दै गएको छ । विश्वका ठूलाठूला देशले डलरको सट्टा सुन नै रिजर्भ राख्न थालेका छन् । फलस्वरुप सुनको मुल्य बढ्दै पनि गएको छ । 

सोही क्रममा नेपाल राष्ट्र बैंकले पनि सुनमा लगानी बढाएको देखिएको छ । चालु आर्थिक बर्ष २०८०–८१ को बैशाखसम्म आउँदा राष्ट्र बैंकले सुनमा १९.६ प्रतिशतले लगानी बढाएको छ । 

Advertisement

गत आवको बैशाख मसान्तसम्म राष्ट्र बैंकले सुनमा ६७ अर्ब ९० करोड ९७ लाख रुपियाँ लगानी गरेको थियो । चालु आवको फागनु मसान्तसम्म आउँदा राष्ट्र बैंकको सुनमा भएको कूल लगानी ८१ अर्ब २२ करोड २७ लाख रुपियाँ पुगेको छ । पछिल्लो एक बर्षमा राष्ट्र बैंकले सुनमा १३ अर्ब ३१ करोड ३० लाख रुपियाँ लगानी थप गरेको छ । 

गत आवको समीक्षा अवधीमा राष्ट्र बैंकले ६ अर्ब ६१ करोड ९२ लाख रुपियाँ बराबरको सुनमा लगानी थप गरेको थियो । राष्ट्र बैंकले बैदेशिक सम्पत्ति अन्तरगत सुनमा लगानी गरेको हो । हाल नेपालमा सुनको मुल्य प्रतितोला एक लाख ४१ हजार रुपियाँ छ । केही दिनअघि मात्रै सुनको मुल्य प्रतितोला एक लाख ४५ हजार रुपियाँ थियो । 

राष्ट्र बैंकले उक्त सुन पछि बिक्री पनि गर्न सक्नेछ । वा सोही सुनलाई सुरक्षण राखेर नयाँ नोट छाप्न पनि सक्नेछन् । सिंगापुर स्थित ब्यासेल नामक संस्थाले २०२३ जवनरीदेखि नोट निष्काशनका लागि सुनलाई पहिलो र विश्वसनीय बस्तुमा राखेको छ । पहिला त्यो स्थानमा डलर थियो । तर, अहिले सुनलाई पहिलो र भरपर्दो बस्तुमा राखिएको छ । त्यो अवस्थामा अधिकांश देशका केन्द्रीय बैंकहरुले सुनमा लगानी बढाएका छन् । 

नेपाल राष्ट्र बैंकले पनि त्यो अभ्यास सुरु गरेको देखिन्छ । कुनै पनि देशमा मुद्रा निष्काशन गर्ने अधिकार केन्द्रीय बैंकलाई हुन्छ । केन्द्रीय बैंकले व्यासेलमा सुन, डलर लगायतका सम्पत्ति सुरक्षण राखेर आफ्नो देशको मुद्रा निष्काशन गर्न सक्नेछन् । 

 


 

Advertisement

Advertisement