देशभरका बेबारिसे सरकारी यातायातका साधनहरु तत्काल बिक्री गर्न ठाकुर गैरेको माग

Advertisement

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन् । 

मंगलवार संसदमा उनले उनले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । 

Advertisement

गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए । उनले भने, ‘सरकार कार्यालयमा दर्जनौं गाडीहरु बेवारिसे अवस्थामा देखिन्छन् । त्यसले वातावरण प्रदुषण र सुन्दरतामा र अर्वौको सम्पत्ति क्षति भइरहेको छ । यो देशको अर्बांैको सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो ? सभामुख महोदय । म सभामुख महोदयमार्फत स्पष्ट रुलिङ सरकारलाई होस भन्ने चाहन्छु । देशभरी बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी, त्यसको बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसावले सरकारको प्रस्तुतिका लागि रुलिङ होस । म माग गर्न चाहन्छु ।’

सांसद गैरेले सरकारी कार्यालयलाई विग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि बताए । 

Advertisement

Advertisement