कोका-कोलाको पूरानो ढांचाको 'बिर्को खोलौं क्यास जितौं' अफर संचालनमा

Advertisement

काठमाडौं: बहुराष्ट्रिय कम्पनी कोका-कोलाले नेपालका लागि नयाँ अफर "बिर्को खोलौं क्यास जितौं" सञ्चालन सुरु गरेको छ ।

सो अफर अभियान असार २३ गतेबाट सुरु भएर भदौ २२ गतेसम्म रहने कम्पनीले जनाएको छ । यस्तो अभियान कोका-कोला, फेन्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने सिसा बोतलको खरिदमा लागू हुने छ, जसमा १ देखि १०० रुपियाँसम्मका पुरस्कारहरु समेत ग्राहक जित्न सक्नेछन् ।

एक देखि १०० रुपियाँसम्मको पुरस्कार रकम कोका-कोला, फेन्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको तल उल्लेख हुन्छ । उपभोक्ताहरुले पुरस्कार परेको सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement