काठमाडौंः हालै चारवटा विकास बैंकहरुलाई गाभेसँगै राष्ट्र बैंकबाट व्यवस्थापन फिर्ता लिएको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)को नायव प्रमुख कार्यकारी अधिकृतमा वन्दना पाठक नियुक्त भएकी छन् ।
यसअघि नायव महाप्रवन्धक रहेकी उनले गत पुस १५ गतेदेखि लागु हुने नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आए पनि औपचारिक निर्णय भने आइतबार मात्रै भएको हो ।
अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी सन् १९९४ मा नेपाल बंगलादेश बैंकबाट आफ्नो बैकिङ्ग करियर सुरु गरेकी हुन । सन् २००४ मा नायब प्रवन्धकको रुपमा एनसीसी प्रवेश गरेकी पाठक निजी क्षेत्रको बैठकमा यति ठूलो तहमा पुग्ने संभवतः पहिलो महिला भएको बैंकको भनाई छ ।