काठमाडौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् ।राजधानीमा सम्पन्न संगठनको १३ औं राष्ट्रिय महाधिवेशनबाट उनले आफ्ना प्रत्यासी टिकाराम पुरीलाई हराएका हुन ।
सम्बाहाम्फेले ८७१ मत पाए भने पुरीले ७५१ मत पाए । यसअघि वरिष्ठ उपाध्यक्ष रहेको उनले दुई बर्ष प्याब्शनको नेतृत्व गर्नेछन् ।वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि सम्बाहाम्फे समूहका क्रमसः डीके ढुंगाना राजेन्द्र बानियाँ निर्वाचित भएका छन् भने कोषाध्यक्ष र सचिवमा पुरी समूहबाट क्रमसः टंक भट्टराई, मधु लोहनी निर्वाचित भएका छन् । महाधिवेशनबाट ६८ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।