प्रभु इन्स्योरेन्सको अध्यक्षमा पुनः राजेन्द्र मल्ल चयन

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई पुनः अध्यक्षमा चयन गरेको हो । 

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पनि थिए । प्रभु इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् भने सर्वसाधरण शेयरधनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।  

Advertisement

मल्ल निर्जीवन व्यवसायमा लामो समयदेखि संलग्न छन् । प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताएका छन् । निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफूले पहल गर्ने उनले बताए । 

Advertisement

Advertisement