नाक कोट्याएर खानुका यस्ता छन्  फाइदा

Advertisement

एजेन्सी । मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ ।

 

तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ ।उक्त अध्ययन अमेरिकाको ‘नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन’ले परमाणविक जीव विज्ञानसम्बन्धी सूचना खोजका लागि गरेको थियो ।अध्ययनकर्ताहरुले खोजकोक्रममा मानिसको नाकभित्र टाँसिएर बसेको उक्त ‘स्नोट’ अर्थात् सिंगानको जमेको ढिक्का मानव शरीरका लागि बहुपयोगी हुने तथ्य पत्ता लागेको बताएका छन् ।

 

‘सिन्ह्वा’ समाचार एजेन्सीले उल्लेख गरेअनुसार त्यसरी जमेको सिंगान खाने व्यक्तिको दाँतलगायत अरु अंगमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उल्लेख गरेको छ । सिंगान तथा घाँटीमा हुने चिल्लो पदार्थबाट नाकभित्र रहने ‘स्नोट’ बनेको हुन्छ । जसलाई हाइड्रोफोबिक झिल्लीको प्लाज्माबाट बनेको र्‍यालमा हुने ‘चिल्लोपदार्थ’ भनिन्छ । अध्ययनअनुसार यस र्‍यालले मुखमा रहेको ब्याक्टेरियाबाट जोगाउन मद्दत गर्दछ र दाँतलाई चम्किलोसमेत बनाउँछ ।

 

अध्ययनकर्ताहरुले मानिसहरुको सिंगानबाट सिंथेटिक चुइगम तथा टुथपेस्ट बनाउन सकिने बताएका छन् । उनीहरुले यस तरिकाबाट सिंगानको प्रयोग गर्न सकिए मानिसहरुको दाँतको समस्यालगायत अरु औषधिकोरुपमा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् ।अध्ययनमा संलग्न अष्ट्रियन फोक्सो विशेषज्ञ डा।फ्रेडरिक बिसचिंगरले मानिसलाई यो तथ्य तीतो लागेपनि सिंगान मानव शरीरका लागि बहुउपयोगी हुने कुरा वास्तविक रहेको बताए ।

 

उनले भने–‘समाजमा बालबालिकाले आफ्नो नाक कोट्याउँदा उनीहरुप्रति ठूला व्यक्तिले गर्ने व्यवहार परिवर्तन गर्न जरुरी छ ।’उनले मानिसहरुले शरीरमा भोजन पचाउनका लागि घाँटीमा किन चिल्लोपदार्थ उत्पादन हुन्छ रु भन्ने कुरा बुझ्नुपर्ने भन्दै मेडिकल क्षेत्रमा यसले ठूलो अर्थ राखेको बताए । उनकाअनुसार मानव शरीरको प्रतिरक्षा प्रणालीमा नाकले फिल्टरको काम गर्दछ र ब्याक्टेरियाहरुलाई एकढिक्का बनाएर राख्दछ । अन्त्यमा यो एकढिक्का बनेको सिगानको डल्लो ‘स्नोट’ले एक महत्वपूर्ण औषधिको काम गर्दछ ।

Advertisement

Advertisement