सिक्टामा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री पाण्डेसँग चार करोडको धरौटी माग

Advertisement

काठमान्डौं । सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा दोषी देखिउका पूर्वमन्त्री विक्रम पाण्डेसँग विशेष अदालतले चार करोड रुपियाँ धरौटी माग गरेको छ।

भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइएका पाण्डेसँग विशेष अदालतले बुधबार तारिखमा छाड्ने प्रयोजनका लागि उक्त धरौटी माग गरेको हो।

पाण्डेले ग्लोबल आईएमी बैंकलाई जमानी राखेपछि अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोरखेलको इजलासले साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए।

अख्तियारले सिक्टा आयोजनामा कमसल सामाग्री प्रयोग गरेर भ्रष्टाचार गरेको आरोपमा पाण्डेसहित २१ जनाविरुद्ध गत मंसिर २१ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पाण्डे सिक्टा आयोजनाको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक थिए। ठेकेदार कम्पनीको चरम लापरबाही फेला परेपछि तीन वर्षसम्म जेल सजाय, दुई अर्ब १३ करोड क्षतिपूर्ति माग र जरिवानासहितको माग गर्दै उनीहरुविरुद्ध मुद्दा चलाइएको छ।

विशेष अदालतको म्याद पुर्जी अनुरुप पाण्डे बुधबार अदालत उपस्थित भएका हुन्। उनको वयान र थुनछेक सम्बन्धी बहस सकिएपछि इजलास धरौटीमा छाड्ने निष्कर्षमा पुगेको थियो।

Advertisement

Advertisement

Advertisement