टेलिकमको ठेक्का प्रक्रियामा भएको अनियमिततामा मुख्यसचिवसहित दर्जनौं कर्मचारी तानिदै

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी)को बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्का प्रकरणमा भएको अनियमिततामा तत्कालिन सुचना तथा सञ्चार सचिव (हालका मुख्यसचिव) बैकुण्ठ अर्यालसहित दर्जनौंलाई तान्ने तयारी गरेको छ । 

अख्तियारले उक्त ठेक्का प्रक्रियामा भएको अनियमिततामा आरोपितहरुसँग बयान लिन सुरु गरेको हो । मुख्यसचिव अर्याल यसअघि नै टेरामक्स खरीद प्रकरण, सेक्युरिटि प्रिन्टिङ प्रेस, राष्ट्रिय भुक्तानी प्रणाली खरीद प्रकरण आदिमा समेत मुछिएका छन् । निजामती कर्मचारीको उच्च तहमा रहेको र एमसीसीमार्फत अमेरिकीहरुसँग नजिकको सम्वन्ध बनाएका कारण अख्तियारले उनलाई पक्राउ गर्न भने अहिलेसम्म सकेको छैन् । अमेरिकासँग एमसीसी सम्झौता गर्दा अर्यालले निर्णायक भूमिका खेलेका थिए । 

Advertisement

अख्तियारले मुख्यसचिव बैकुण्ठ अर्याल, दुई सहसचिव, टेलिकम सञ्चालक समितिका पदाधिकारी र ३० उच्च पदस्थ कर्मचारीसँग बयान सुरु गरेको हो । उनीहरुलाई अख्तियारले पत्र काटिसकेको छ भने कम्पनीका पूर्वप्रवन्ध निर्देशक डिल्ली अधिकारीसँग बयान लिने काम भइसकेको छ । यस प्रकरणमा हालकी निमित्त प्रवन्ध निर्देशक संगीता पहाडी पनि मुछिएकी छन् । 

नेपाल टेलिकमले बिना प्रतिस्पर्धा बिलिङ प्रणाली मर्मतको ठेक्का एसिया इन्फो नामक कम्पनीलाई दिँदा सञ्चालक समितिमा समेत विवाद भएको थियो । झण्डै तीन अर्ब १५ रुपियाँको यस ठेक्काको निर्णयमा सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक रहेका अम्बिका पौडेलले भनो विमति जनाउँदै हस्ताक्षर गरेका थिएनन् । 

Advertisement

Advertisement