एक लाख ७५ हजार  नागरिकलाई सरकारले दियो १३ दिनको जागिर, २२ लाख ६२ हजार दिनमा के के भयो काम ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ७५ हजार ९ सय जनाले रोजगारी पाएका छन् । श्रम मन्त्री गोकर्ण बिष्टले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर सो मात्रामा रोजगारी उपलब्ध गराईएको बताएका हुन् । एक जनाले औषतमा १३ दिनको रोजगारी पाएको र सो वापत २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैंयाँ खर्च भएको छ ।

कुल ५ सय ९९ वटा स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको विवरण पठाएका छन् । यी स्थानीय तहहरुले ६ हजार ८ सय ६४ वटा सामुदायिक कामका लागि रोजगारी प्रदान गरेका हुन् । ५९९ वटा स्थानीय तहले २२ लाख ६२ हजार २ सय ६९ दिनका लागि रोजगारी उपलब्ध गराएका हुन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एउटा स्थानीय तहलाई न्युनतम ५ लाख र अधिकतम १ करोडसम्म अनुदान पाएका थिए । पहिलो वर्षमै प्रधानमन्त्री रोजगार कार्यक्रमले उत्साहित बनाएकाले यसलाई थप व्यवस्थित बनाउँदै लैजाने पनि मन्त्री बिष्टले बताए ।

Advertisement

Advertisement

Advertisement