हेलिकप्टर दुर्घटनालाई हवाई दुर्घटना भन्न मिल्दैन, इयुले अन्याय गर्योः पोखरेल

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हेलिकप्टर दुर्घटनालाई हवाई दुर्घटना भन्न नमिल्ने बताएका छन् । एसिया प्यासिफिक क्षेत्रका नागरिक उड्डयन प्राधिकरण महानिर्देशकहरुको ५६ औं सम्मेलनपछि पत्रकार सम्मेलन गर्दै प्राधिकरण महानिर्देशक पोखरेलले हेलिकप्टर दुर्घटनालाई अन्तराष्ट्रियरुपमा हवाई दुर्घटना नमानिने दावी गरेका हुन ।

‘१९ सिट क्षमता भन्दा ठुला जहाज र ५७०० किलोग्राम भन्दा बढी तौल भएका जहाज दुर्घटनालाई मात्रै मुल एभियसन मानिन्छ, तर हामीलाई युरोपियन युनियनले कालो सूचिमा राख्दै आएको छ’, महानिर्देशक पोखरेलले भने । युरोपियन युनियनले प्राधिकरणको संस्थागत संरचना र हेलिकप्टर दुर्घटनालाई देखाएर कालोसूचिमा राखेको पनि उनले स्पष्ट पारे ।

संस्थागत संरचना परिवर्तनका लागि ऐन संसोधन प्रक्रिया अघि बढिसकेको पनि बताए । ‘हेलिकप्टर दुर्घटनालाई देखाएर नेपालका हवाई सेवा कम्पनीलाई कालो सूचिमा राख्न पाइँदैन, यो मुल एभियसन होइन’, पोखरेलले दावी पेश गरे ।  उनले नेपालका हेलिकप्टरहरुले ३ सय भन्दा बढी युरोपियन पर्यटकहरुलाई उद्धार गरेर आफ्नो कुशलता देखाईसकेको पनि दावी गरे ।

Advertisement

Advertisement

Advertisement