म्यानमारबाट सिधै लुम्बिनी उडान- वुद्धको देशमा कति आउलान बौद्धमार्गी पर्यटक ?

Advertisement

काठमाडौं । म्यानमारबाट सिधै लुम्बिनीसम्म उडान गर्नेबारे छलफल आरम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बौद्ध मार्गीहरुको देश म्यानमारबाट गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा सिधै उडान गर्नेबारे छलफल आरम्भ भएको बताए ।

‘लुम्बिनीको गौतम वुद्ध विमानस्थलमा म्यानमारबाट सिधै उडान भर्नेबारे छलफल आरम्भ भएको छ, म्यानमारका साथीहरुको पनि सकारात्मक प्रक्रिया आएको छ’, प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरुको एसिया प्यासिफिक ५६ औं सम्मेलनमा भाग लिन काठमाडौं आएको म्यानमारका उड्डयन प्राधिकरणका महानिर्देशकसँग आफुले साइडलाइन छलफल गरेको जानकारी पनि दिए ।

‘बौद्ध मार्गीहरुको देश म्यानमारबाट सिधै गौतम वुद्धको जन्मस्थलसम्म उडान भर्न सकिन्छ भनेर मैले प्रस्ताव राखेँ, उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनुभयो र थप छलफल गर्ने भन्ने सहमति पनि भएको छ’, महानिर्देशक पोखरेलले भने ।  अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थलका रुपमा भैरहवाको लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी भैरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलै सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसका लागि भारतसँग उडानको गेटवे माग्ने काम पनि अघि बढिसकेको पनि उनले बताए ।

उनले चीनको ग्वानजाउमा नेपाली जहाजहरुले नियमित उडान भर्न पाउने व्यवस्थाका लागि पनि पहल गरिरहेको जानकारी दिए । ‘चीनका ५ वटा विमान कम्पनीहरुले नेपालमा उडान भरिहरेका छन्, नेपाली विमान कम्पनीहरुले पनि उडान भर्न पाउनु पर्छ भनेर कुरा गरेका छौं, चाँडै त्यस्तो सुविधा प्राप्त हुन्छ’, महानिर्देशक पोखरेलले भने ।

Advertisement

Advertisement

Advertisement