प्रभु मनि ट्रान्फरबाट कारोबार गर्दा सिजी इलेक्टिकको सामान खरिदमा आकर्षक छुट

,   १५ भाद्र २०७६, आईतवार, १०:३५ am   
Prabhu

काठमाडौं । प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्नेले सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट पाउने भएको छ ।

नेपालको अग्रणी रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सीजी इलेक्ट्रिकसंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सीजी इलेक्ट्रिकका विभिन्न ब्राण्डहरु एलजी, सीजी, गोदरेज, टीसीएल ब्राण्डका सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको प्रभु मनि ट्रान्सफरले जनाएको छ ।

यो योजनाबाट नेपाल भित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीले जनाएको छ । कुनै पनि ग्राहकले प्रभु मनिट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रिसका कुनै पनि शोरुमहरुबाट टिभी, फ्रिज, वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

aecc

तीज, दशैं, तिहार, छट लगायत चाड पर्वको अवसरमा ल्याएको यो योजना सीमित अवधि मात्र चल्ने कम्पनीले जनाएको छ ।