देशभरका विमानस्थलमा एटिसी र अग्नि नियन्त्रकका लागि जागिर खुल्यो (सुचनासहित)

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आवश्यक पर्ने जनशक्तीका लागि पदपूर्तिको सूचना निकालेको छ। प्राधिकरणले देशभरका विमानस्थलका लागि दर्खास्त आह्वान
गर्दै सूचना निकालेको हो।

प्राधिकरणले ३८ जना एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र ३० जना अग्नि नियन्त्रक आवश्यक रहेको सूचनामा उल्लेख छ । एटिसीमा आवेदन दिनका लागि विज्ञान, सूचना प्रविधि तथा व्यवस्थापनमा स्नातक उत्तिर्ण गरी नेपालमा तालिम दिने प्राधिकरणकै तालिमकेन्द्रबाट ६ महिना तालिम लिएको हुनुपर्नेछ । त्यस्तै, अग्नि नियन्त्रकका लागि भने एसएलसी उत्तिर्णगरी तालिम लिएको हुनुपर्नेछ ।

प्राधिकरणले परिक्षा लिखित र अन्तवार्तामा आधारित हुने जनाएको छ ।

nepal-uddyan

Advertisement

Advertisement