प्रचण्डका घरबेटी ठेकेदारले सडक निर्माण अलपत्र छोड्दा नुवाकोटका जनतालाई पनि सास्ती

Advertisement

नुवाकोट । बालाजु त्रिशुली सडक खण्डअन्तर्गत ओखरपौवाको १२ माइलमा पहिरो जाँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ । सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा पहिरो गएको खण्डमा यात्रुहरुले सास्ती भोग्नुपरेको हो ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा बनाउन लागिएको यससडकको ठेक्का नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ कन्ष्ट्रक्शनले २०७१ सालमा हात पारेको थियो । ठेक्का लिए पनि अहिलेसम्म जम्मा ४७ प्रतिशत मात्रै काम सम्पन्न भएका यस सडकको निर्माणकार्य समयमा नहुँदा यात्रुहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।

दाहालका घरबेटी ठेकेदारले अलपत्र पारेको सडकको सोमबार संसदको विकास तथा प्रविधि समितिको टोलीले निरीक्षण गर्यो । समयमा निर्माण नहुँदा पहिरो गएको खण्डमा दलदले माटो पार गर्न यात्रुहरुलाई ठूलो सकस हुने गरेको छ । यो ठाउँमा बेलिब्रिज विकल्प हुनसक्ने प्रदेशसभा बद्री मैनाली बताउँछन् । अधिकारीले काठमाडौंका दुवै सडकको ठेक्का पनि हात पारेर अलपत्र छोडेपछि उनको आलोचना हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement