गोकुल भण्डारीको नेतृत्वमा ग्यास उद्योग संघमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल एलजी ग्यास उद्योग संघमा गोकुल भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको बुधबार सम्पन्न २४औं बार्षिक साधारणसभाबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि संघको अध्यक्ष शिवप्रसाद घिमिरे थिए ।

त्यस्तै, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्धयमा शंकर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, सचिवमा धर्मराज बर्तौला, सदस्यहरुमा सुनील सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल, बाबुराम पोखरेल, योगेश घिमिरे, सुदीप घिमिरे, योगेश पौडेल, अमित अग्रवाह छन् ।

Advertisement

Advertisement

Advertisement