सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार र बुधबार ७१ हजार तीन
सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज छ सय रुपियाँले घटेर प्रतितोला ७० हजार सात सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार चार सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ३६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement