वैदेशिक रोजगार व्यवसायीको समस्या सरकारले बुझेको छः मन्त्री पोखरेल

Advertisement

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिक साधारणसभामा उपप्रधानमन्त्री पोखरेलले समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले भने, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।

सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधानका लागि छलफल गर्न सकिने मन्त्री पोखरेलले बताए । “यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखौं म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ”, उपप्रधानमन्त्री पोखरेलले भने ।

Advertisement

Advertisement

Advertisement