दस मिनेट चार्ज गर्दा तीन सय ५० किलोमिटर चल्न सक्छ बिजुली गाडी

Advertisement

अमेरिका । बिजुली गाडी दस मिनेट चार्ज गर्दा तीन सय ५० किलोमिटर गुड्न सक्छ भन्दा कतिलाई असम्भव लाग्ला। तर यो वास्तविकता हुन सायद अब धेरै समय नलाग्ने भएको छ।

अमेरिकी मेकानिकल इन्जिनियरहरूले नयाँ लिथियम आयनु ब्याट्री विकास गरेका छन् जसले बिजुली गाडी एकदमै चाँडो चार्ज गर्न सकिने बताइएको छ। यो ब्याट्री राखिएको बिजुली गाडी दस मिनेट चार्ज गर्दा तीन सय ५० किलोमिटरसम्म गुड्न सक्छ।

पेन्सिलभेनिया विश्वविद्यालयको ‘जउल’ जर्नलको रिपोर्टअनुसार यो सम्भव हुन सक्नुको कारण ब्याट्रीको तापक्रम समायोजन गर्न सक्नु हो। चार्ज गर्ने समयमा तापक्रम एकैचोटि बढाउन र निकाल्दा ह्वात्तै घटाउन सक्ने भएकोले यो विधि कार्यान्वयन हुन सक्ने जर्नलमा उल्लेखित छ।

अहिलेका ब्याट्री चार्ज गर्दा र चार्जबाट निकाल्दा एकै तापक्रम हुन्छ। यसले ब्याट्रीलाई केही प्राविधिक समस्याबाट जोगाउँछ। तर मेकानिकल तथा आणविक इञ्जिनियरका प्राध्यापक चाव–याइं वाङ र उनका टोली मिलेर ब्याट्रीको तापक्रम तत्कालै घटबढ गर्न सकिने र समस्या पनि नआउने समाधान निकाले।

उनीहरूका अनुसार ब्याट्रीको तापक्रम केही समय ६० डिग्री सेल्सियसभन्दा बढी राखिदिए तापक्रम कमबढका कारण हुने समस्या रोकथाम हुन्छ।प्राध्यापक वाङका अनुसार कुनै पनि गाडीको ब्याट्री चार्जपछि तुरुन्तै निकाल्नुपर्छ। यसो नगर्दा ब्याट्री लामो समयसम्म तात्ने सम्भावना रहन्छ र ब्याट्रीमा समस्या देखा पर्न थाल्छ।

चाँडो चार्ज हुने ब्याट्री
वाङको टोलीले ३० सेकेन्डभन्दा कम समयमा आफैं तात्तिने निकेलु का उपकरण बनाएका थिए। परीक्षणका लागि उनीहरूले हाइब्रिड सवारीका लागि डिजाइन गरिएका ब्याट्री पनि ४० डिग्री, ४९ डिग्री र ६० डिग्री सेल्सियसमा क्रमशः तताए। तताइसकेपछि २० डिग्री तापक्रममा सबैलाई नियन्त्रणमा राखियो।

दुवै खाले ब्याट्री परीक्षणमा टोलीले पत्ता लगाए- ६० डिग्रीसम्म पहिल्यै तातेका ब्याट्रीले १,७०० साइकल चार्ज गर्न सक्छन् भने नियन्त्रण गरिएकाले ६० साइकल मात्र चार्ज गर्न भ्याउँछ। ४९ डिग्रीदेखि ६० डिग्रीबीच तताइएका ब्याट्रीमा भने कुनै फरक देखिएन।

‘विगतमा लिथियम आयनका ब्याट्री उच्च तापक्रमबाट टाढै राखिन्थ्यो। यी ब्याट्रीले तापक्रमसँगै अरू असर बढी देखाउँथ्यो भन्ने मान्यता थियो र यसबाट टाढै बस्न यसको प्रयोग गरिँदैनथ्यो,’ वाङले भनेका छन्, ‘यो अध्ययनसँगै केही फाइदा पनि देखिएको छ। जुन कुरा यसअघि नकारात्मक मात्र हो भन्ने बुझिएको थियो। अहिले फाइदा बढ्दै गएको देखिन्छ।’

खोजकर्ताहरुका भनाइअनुसार हाल उपलब्ध सामग्री र उपकरणहरू प्रयोग हुने भएकाले यो प्रविधि अगाडि बढाउने कुनै समस्या हुँदैन।

Advertisement

Advertisement

Advertisement