रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपक्ति

Advertisement

काठमाडौं । उद्योगी रुप ज्योतिलाई पक्राउ गरेकोमा नेपाल चेम्बर अफ कमर्शले आपक्ति जनाएको छ । चेम्बरले विज्ञप्ति प्रकाशित गर्दै लामो समय देखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी गरिएको भन्दै आपक्ति जनाएको हो ।

अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा, आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट ज्योतीलाई पक्राउ गरिएकोले निजी क्षेत्र मर्माहित भएको समेत चेम्बरले बताएको छ । ज्योतिसँगै उनकी छोरी सुरुचीलाई पनि पक्राउ गरिएको छ ।
ज्योति पक्राउ प्रकरणले लगानीको वातावरण बिग्रिने तथा निजी क्षेत्र हतोत्साहित हुने पनि चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।

कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी/व्यवशायीलाई सम्मान जनक व्यवहार होस् भन्ने तर्फ चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

Advertisement

Advertisement