मंसिर ५ र ६ गते उर्जा सम्मेलन हुँदै, उर्जा व्यापारसम्बन्धी सम्झौता हुने

Advertisement

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले  मंसिर ५ र ६ गते ‘उर्जा सम्मेलन २०१९’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी इपानले उर्जा सम्मेलनबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले नेपालमा खपत हुन नसक्ने विद्युत व्यवस्थापनका लागि छिमेकी राष्ट्रहरुमा क्षेत्रीय ग्रिडद्धारा उर्जा व्यापार गर्ने सम्भावनाको पहिचान भइसकेको बताए । नेपालको उर्जा बजारलाई सम्मेलनले सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले भने-‘सम्मेलनका क्रममा भारत, बंगलादेश, नर्वेलगायतका विभिन्न देशसँग उर्जा व्यापारसम्बन्धी सम्झौता हुनेछ ।’

कार्यक्रममा इजानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत महंगो पर्न गएको विषयमा भारतसँग तुलना गरेर बिजुलीको मूल्य आंकलन गर्न नमिल्ने बताए । त्यसैगरी इपानका महासचिव आषिश गर्गले पूँजीको तथा लगानीकर्ताको अभाव रहेको उल्लेख गरे ।

नेपाल, भारत, बंगलादेश, जापान, अमेरिकालगायतका मुलुका उर्जा विशेषज्ञहरुको सहभागिता रहने उक्त सम्मेलनमा ७० भन्दा बढी विषयमा छलफल हुनेछ । नेपालमै दिगो र भरपर्दो विद्युत उत्पादन गर्नको लागि आवश्यक बहस र छलफलका लागि उक्त कार्यक्रममा ७०० भन्दा बढीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा नेपाल सहित भारत र भुटानका उर्जा मन्त्रीहरुको सहभागिता रहने छ ।

Advertisement

Advertisement

Advertisement