एनबी बैंकले अनाथ बालबालिकाका लागि दियो ३१ वटा ब्ल्याङ्केट

Advertisement

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्याङ्केट हस्तान्तरण गरेको छ ।

विश्व बाल दिवसको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार ललितपुर–२३ हात्तीवन, धापाखेलस्थित उक्त समाजलाई ३१ ओटा ब्ल्याङ्केट हस्तान्तरण गरेको थियो ।

एनबी बैंकले उक्त अनाथालयका अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बस्न सहज होस् भनि ब्ल्याङ्केट वितरण गरेको जनाएको छ । बैंककी सहायक महाप्रबन्धक सलोनिका सिंहले अनाथालयका बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरिन् ।

Advertisement

Advertisement

Advertisement