अरुण तेस्रो समयमा बनाएर उदाहरण पेश गछौंः धिमान

Advertisement

काठमाडौं । भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न हुने यस आयोजनाको भारतीय प्रवद्र्धक सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले बताएका छन् ।

ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई शुक्रबार उनले पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको बताए । धिमानले भने, ‘अहिले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।’ उनले सन् २०२३ भित्र निर्माण गर्ने योजना रहेको बताए ।

धिमानले थपे, ‘अहिलेकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै सहजै भेटाउनेछौं, यो आयोजना भारत र नेपाल दुबैको लागि अति महत्वपूर्ण भएकाले पनि तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्नेछौं ।’ उनले तोकिएको समयमा नै सम्पन्न गरेर अन्य आयोजनाको लागि मार्गदर्शक बन्ने योजनामा रहेको सुनाए ।

धिमानले भने, ‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं । त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं ।’ सतलजले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।

‘हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका छौं,’ धिमानले भने, ‘सन् २०४० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।’

आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए । सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४ दशमलव ४६ प्रतिशत सेयर छ । जसमा हिमाञ्चल प्रदेशको २५ दशमलव ५१ प्रतिशत र बाँंकी सर्वसाधारणको सेयर छ । कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म चार सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ । २२५ मेगावाट क्षमताको चार वटा युनिटबाट नौ सय मेगावट बिजुली उत्पादन गरिनेछ ।

माथिल्लो कर्णाली जलविद्युत्को केही समयभित्रै पीपीए हुने
जिएमआरका चिफ अपरेटिङ अफिसर हरविन्दर मोनोचाले बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित पाँच सय मेगावाट जलविद्युत् खरिद गर्ने सहमति भएको बताएका छन । राजधानीमा जारी ऊर्जा सम्मेलनमा शुक्रबार जीएमआर कम्पनीको प्रस्तुति दिदै उनले उक्त कुरा बताएका हुन् ।

धिमानले भने, ‘बंगलादेशको क्याविनेट बैंठकले जिएमआरले उत्पादन गरेको बिजुलीको पीपीए दर निर्धारण गर्ने सहमति दिइसकेको छ, अब बंगलादेशको पर्चेज कमिटिले आवश्यक निर्णय गरेसँगै पीपीए गर्ने बाटो खुल्नेछ ।’ जीएमआरका मोनोचाले अबको केही समयभित्रै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभिभिएनसँग विद्युत् खरिद–बिक्री सम्झौता हुने बताए ।

कम्पनीले आगामी आर्थिक वर्षदेखि नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण थाल्ने जनाएको छ । कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुनेमध्ये पाँच सय मेगावाट बिजुली बंगलादेश र २९२ मेगावाट भारतीय एनभीभीएनलाई बिक्री गर्नेछ । बाँकी एक सय आठ मेगावाट नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउनेछ । जिएमआरले आयोजनाको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणलाई दिनेछ ।

सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । आयोजनाका अनुसार चालु आर्थिक वर्षभित्र पीपीए र साइट क्लियर लगायत काम सकेर सन् २०२० को अन्त्यदेखि निर्माण थाल्ने जनाएको छ । ‘सन् २०२० भित्र मुआब्जा र साइट क्लियर लगायत काम सकेर सन् २०२१ देखि आयोजना निर्माण थालिनेछ, आयोजनाका चिफ अपरेटिङ अफिसर हरविन्दरले भने, ‘माथिल्लो कर्णालीको जलविद्युत् आयोजना पाँच वर्षभित्रै निर्माण सम्पन्न गरिनेछ ।’

जिएमआरले इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन (इपीसी) मोडलमा एक अर्ब ५० करोड अमेरिकी डलर (हालको विनियम दरअनुसार करिब एक खर्ब ७० अर्ब रुपियाँ) लागत अनुमान गरिएको छ । सुरु भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेपाल सरकार र जीएमआरबीच सन् २००८ मा यो आयोजना बनाउने विषयमा एमओयू भएको थियो ।

Advertisement

Advertisement

Advertisement