क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवर विजयी, सुनैना पाण्डे ५६ मतले पराजीत

Advertisement

काठमाडौँ । कम्प्युटर एसोसियसन अफ नेपाल क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार राती सम्पन्न मत गणनामा प्रतिद्वन्दी सुनैना पाण्डे‍लाई ५६ मतले पराजीत गर्दै कुँवर विजयी भएका हुन् । कुँवर ५ सय मत प्राप्त गर्दै विजयी भएका हुनु भने गरेका छन् पाण्डेलेको पक्षमा ४४४ मत खसेको थियो ।

संस्थागत सदस्यतर्फ अरुण वंशल, उमेश रघुवंशी, रंजित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् । महिला त‍र्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिँह कायस्थ र सर्मिला भुजेल यसअघि नै निर्विरोध भएका थिए । त्यसैगरी व्यक्तिगत आजीवन सदस्यतर्फ हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्यतर्फ डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।

प्रदेश समूहतर्फ गण्डकीमा जगनबहादुर गुरुङ र कृष्णप्रसाद पौडेल विजयी भएका छन् भने प्रदेश ३ मा शेखरनाथ दुलाल र भानु शर्मा निर्वाचित भएका छन् । अरु पाँचवटै प्रदेशमा निर्विरोध भएको थियो । प्रदेश १ मा ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली, प्रदेश २ मा भुपालदास श्रेष्ठ र दीपेन्द्रकुमार सिँह, प्रदेश ५ मा ध्रुबराज शर्मा र रेशम गिरी, कर्णाली प्रदेशमा दलबहादुर खड्का र भीम मल्ल तथा सुदूरपश्चिम प्रदेशमा हर्कबहादुर सेठ्ठी र खेमराज ढुङ्गाना पनि निर्विरोध भएका हुन् ।

व्यक्तिगत साधारण तर्फका सदस्यमा श्रीधर मरासिनी, चन्द्रबिलास भुर्तेल, रेगबहादुर भण्डारी, महिला सदस्यहरुमा रत्नतारा वैद्य, सुष्मा शर्मा र गुणकेशरी प्रधान यस अघि नै निर्विरोध निर्वाचित भएका हुन् । लेखा समिति सदस्यहरुमा संस्थागतबाट केशबप्रसाद भट्टराई, व्यक्तिगतबाट राजु कट्टेल र जिल्ला शाखाबाट भीमसेन रेग्मी विजयी भएका छन् । विषयगत समूह तर्फका सदस्यमा नारायणबहादुर थापा, प्रताप सापकोटा, चिरञ्जिबि अधिकारी र भोजराज भट्ट समेत निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

Advertisement

Advertisement