सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम २८ करोडमा सीमित

Advertisement

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से दश दशमलव ५४ अंकले घटेर एक हजार ११० दशमलव ०८ कायम भयो भने कारोबार रकम २८ करोड ५३ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार दुई करोड ११ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार एक करोड ३७ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूहको सुचक सात दशमलब ६५ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ भने म्युचल फण्ड, बैंक निर्जीवन बीमा समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचक शुन्य प्रतिशतभन्दा धेरैले ओरालमे लागेको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनी चार प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९६प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement