जापानी प्रविधिमा किसानले सुरु गर्यो सीपीभीसी पाइपको उत्पादन

Advertisement

काठमाडौं । किसान पाइप प्रोडक्ट प्रालीले जापानको सिक्विसी कम्पनीसँग साझेदारी गरेर नेपालमा सीपीभीसी पाइप उत्पादन सुरु गरेको छ । कम्पनीले आइतबार साँझ एक कार्यक्रमको आयोजना गरी किसानको डुरास्ट्रिम सीपीभीसी पाइप सार्वजनिक गरेको हो ।

डुरास्ट्रिम सिक्विसीले उत्पादन गर्ने सीपीभीसीको कच्चा पदार्थ हो । यसअघि पानी ट्यांकी तथा एचडीइपी पाइपहरु उत्पादन गर्दै आएकोमा जापानी प्रविधिमा आधारित सीपीभीसी पाइप उत्पादन सुरु गरेको हो । यो पाइप उत्पादन गर्ने कम्पनीको कारखाना नवलपरासीको बर्दघाटमा रहेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष बिष्णु पाण्डेले किसान आफैमा पूरानो र परिचित ब्राण्ड भएको बताउँदै यसले उत्पादन सुरु गरेको नयाँ सीपीभीसी पाइप जापानको विश्व प्रसिद्ध सिक्विसी कम्पनीको कच्च पदार्थ ल्याएर जापानी प्रविधि तथा गुणस्तरमा निर्माण गरिएको बताए ।

कम्पनीका कार्यकारी निर्देशक अजय पाण्डेले किसानले यसअघि बजारमा पुर्याएका जति पनि उत्पादनहरु छन्, त्यत्तिकै लोकप्रिय डुरास्ट्रिम सीपीभीसी पाइप पनि हुने बताउँदै यी उत्पादनहरु बिक्री गर्न मुलुकभर झण्डै चार सयको संख्यामा डिलर तथा सबडिलरको ठूलो नेटवर्क यसअघि नै रहेको बताए ।

किसानका सबै उत्पादनले यसअघि नै नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको र सीपीभीसी पाइपले पनि नेपाल गुणस्तर चिन्ह (एनएस चिन्ह) प्राप्त गर्न प्रक्रिया अघि बढाइसकेको भन्दै किसानले गुणस्तरमा सम्झौता नगरी सामानहरु उत्पादन गर्ने बताए ।

यी सीपीभीसी पाइप एक पटक जडान गरिसकेपछि ५० बर्षका लागि ढुक्क हुने, खिला नलाग्ने, आगोले सजिलै असर नगर्ने, भाइरस संक्रमण नहुने जनाइएको छ । किसानको सीपीभीसी पाइप ०.५ इन्चदेखि दुई इन्चसम्मको आकारमा उत्पादन भइरहेको र फिटिङका सामानहरु पनि किसान आफैले उत्पादन गर्ने सो कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement