मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा विद्युत उत्पादनमा कमि थाल्यो

Advertisement

लमजुङ । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ’

सन् २००८ मा रु २७ अर्ब २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरी ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ । मर्स्ङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपियाँमा निर्माण सम्पन्न भएको थियो ।

त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ । मध्यमर्स्याङ्दी , माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

Advertisement

Advertisement

Advertisement