एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

Advertisement

काठमाडौं । एनसेल प्रालीले आफ्ना प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्ने जनाएको छ ।

कम्पनीले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको हो । यसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजेदेखि विहान ६ बजेसम्म मात्र १० रुपियाँ (१२ रुपियाँ ७७ पैसा करसहित) मा असीमित कुराकानी गर्न सक्नेछन् ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबारदेखि सञ्चालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।

यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गते सम्म संचालनमा रहने छ ।

Advertisement

Advertisement

Advertisement