नेपाली र विदेशीलाई लागू गरिँदै आएको दुईथरी हवाई भाडा दर हटाउन कँडेलको माग

Advertisement

काठमाडौं । उड्डउन क्षेत्रका जानकार ई. दिपेन्द्र कँडेलले आन्तरिक उडानमा नेपाली र विदेशी यात्रुहरुलाई लागू गरिँदै आएको विदेभदकारी भाडा दर हटाउन माग गरेका छन् ।

कँडेलले बुधबार विज्ञप्ति जारी गर्दै धेरै पर्यटकहरु भित्राउन पनि यस्तो दुईथरी भाडादर कायम राख्न नहुने भन्दै भ्रमण बर्ष सुरु हुनुअघि नै यो नीति हटाउन पयटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग आग्रह गरेका छन् ।

उड्डयन क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाले नेपालको उड्डयन क्षेत्रलाई कालोसुचीमा राख्नुमा एउटा कारण पनि दुईभरी भाडा दर एउटा कारण भएको बताउँदै कँडेलले आफ्नो विज्ञप्तिमा नीतिगत सुधारका लागि मन्त्री भट्टराईले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयन गर्ने बेला आएको बताए ।

भ्रमण बर्षमा २० लाख पर्यटन भित्राउने सरकारी लक्ष्य हासिल गर्न भाडा दरमा एकरुपता ल्याउने कुराले सहयोग गर्ने उनको विश्लेषण छ । स्वदेशी र विदेशी पर्यटकलाई विभेद गर्ने कुराले अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश गएको भन्दै कँडेलले विश्व पर्यटन संगठनलगायतका संस्थाले पर्यटनसम्वन्धी नेपालको अभियानसँगसँगै नेपालको नीतिलाई पनि नियालीरहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement