बचत तथा ऋण केन्द्रीय सहकारी संघको अध्यक्षमा नेकपानिकट पौड्याल विजयी

Advertisement

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को अध्यक्षमा सत्तारुढ दल नेकपा निकट परितोष पौड्याल विजयी भएका छन् । संघको २८औं बार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हु्न ।

पौड्यालले काँग्रेसनिकट दीपक थापालाई हराउँदै विजयी भएका हुन् । पौड्याल एक हजार १५६ मत प्राप्त गर्दा थापाले २६५ मत मात्रै प्राप्त गरेका थिए । अन्य पदहरुमा पनि अधिकांश नेकपानिकटकै विजयी भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दीपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजकमा नवराज सापकोटा र सञ्चालक सदस्यहरुमा मन्दरा मिश्र, रिना आचार्य र विद्या कोइराला निर्विरोध भएका छन् । त्यस्तै, लेखा समिति सदस्यहरुमा शुसिल बस्नेत र सुभद्रादेवी महतो निर्विरोध भएका छन् ।

चार खुला सञ्चालक सदस्य पदमा चण्डी शर्मा पौडेल, घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ र जनक खत्री विजयी भएका छन् ।

Advertisement

Advertisement

Advertisement