लक्षुमन श्रेष्ठ नेपाल इलेक्ट्रोनिक टेक्निसियन्स एसोसिएसनको अध्यक्षमा निर्वाचित

Advertisement

काठमाडौँ । नेपाल इलेक्ट्रोनिक टेक्निसियन्स एसोसिएसनको पाँचौ साधारण सभाले लक्षुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

एसोसिएसनको उपाध्यक्षमा विकासप्रसाद गौतम, महासचिव उमेशकुमार खनाल, सचिवमा कृष्णकुमार रसाइली र कोषाध्यक्ष उमेश बहादुर लायोमगर,निर्वाचित भएका छन् ।सदस्यहरुमा बिनोदमान श्रेष्ठ, ज्ञानेन्द्र सिंह, पदम शर्मा, शिरिष कुमार पौडेल, गोरखनाथ श्रेष्ठ, मुकुन्द थापा, रुपक थापा, महेशमल्ल ठकुरी, सीता मगर, कृष्ण थापा निर्वाचित भएका हुन् ।

त्यसैगरी ७ वटा प्रदेशमा सम्पर्क संयोजक पनि तोकेको छ । प्रदेश–१ मा रवि सुबेदी प्रदेश(२ मा जहिर मियाँ अन्सारी, प्रदेश–३ मा जय पहारी, गण्डकी प्रदेशमा दानबहादुर केसी, प्रदेश-५ मा डिल्लीराज गौतम, कर्णाली प्रदेशमा तिलकराज ढकाल र सुदुरपश्चिमाञ्चल प्रदेशबाट चन्द्र सतगौवा चयन भएको एशोसियशनले जनाएको छ ।

इलेक्ट्रोनिक प्राविधिकको काम अनुसारको पारिश्रमिकको ग्यारेन्टी, रोजगारको व्यवस्था, बीमा एवं उनीहरुको परिवारका लागि समेत औषधोपचारको व्यवस्था, इलेक्ट्रोनिक प्राविधिक अस्पतालको स्थापना, इलेक्ट्रोनिक प्राविधिकको राष्ट्रिय सञ्चय कोषको स्थापना र पेन्सन सुविधाका दिलाउने उद्देश्यले उक्त संस्थाको स्थापना भएको जनाइएको छ ।

Advertisement

Advertisement