सेलपे र सस्तोडिलबीच ‘सेल–ए–ब्रेशन’ अफरका लागि सहकार्य

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले ई(कमर्स प्लेटफार्म ‘सस्तोडिल’सँग आउँदो क्रिसमस र अँग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै ‘सेल–ए–ब्रेशन’ अफरको लागि सहकार्य गरेको छ ।

यो अफर २४ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुने सेलकमले जनाएको छ । क्रिसमस र नयाँ बर्षमा खुशियाली बाड्नको लागि यो अफर ल्याएको सेलपेले जनाएको छ । यसअन्तर्गत ग्राहकहरुले सस्तोडिलमार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४० प्रतिशत छुट सेलपे एप्पमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन्् । थप १० प्रतिशत छुट डिजेआई, डा. ब्राउन्स, क्रेन, हिमालयन बेबी, बीबीलभ, इर्नजाइजर र एक्सएजका सामान खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाइने जनाइएको छ ।

डिस्काउन्ट पाउनको लागि सस्तोडिलमार्फत सामान किन्दा किन्नुपर्ने र सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्ने हुन्छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ । बास्तविक समयमा रकम भुक्तानी हुने सेलपेमा बिना वालेट कारोबार गर्न सकिन्छ ।

कम्पनीले आफूहरुको सेवा बढि सुरक्षित, मर्चेन्ट शुल्क नलाग्ने बताएको छ । सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement