रेमिटान्स आयलाई प्रवर्द्धन गर्दै ग्लोबल आईएमई, रकम पठाउनासाथ रु. २५० सम्म ‘क्यास–ब्याक’

Advertisement

काठमाडौं । नेपालमा भित्रिने रेमिटान्स (विप्रेषण)को ठूलो हिस्सा आईएमई समूहअन्तर्गतका कम्पनीहरुले आगट्दै आएको छ । यस्तो रेमिटान्स आयलाई थप प्रोत्साहन गर्न सो समूहको मुख्य लगानी रहेको ग्लोबल आईएमई बैंकले नयाँ आकर्षक योजना सुरु गरेको छ । 

यस बैंकको रेमिट्यान्स सेवा ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपियाँ ‘क्यास–ब्याक’ (नगद फिर्ता) पाइने योजना सार्वजनिक गरिएको छ । ‘पैसा आउने, थपेर पाउने’ नारासहित सुरु गरिएको यो योजनामा ग्लोबल रेमिटमार्फत ग्लोबल आइएमई बैंकको कुनै पनि खातामा ग्राहकहरुले विदेशबाट पैसा पठाउँदा २५० रुपियाँसम्मको क्यासब्याक पाइन्छ । 

Advertisement

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने ग्राहकहरुले यस क्यास–ब्याक योजनाअन्र्तगत रु. २५ हजारसम्म पैसा पठाउँदा रु. सय, रु. ५० हजारसम्म पैसा पठाउँदा रु. दुई सय र रु. ५० हजारभन्दा बढि पैसा पठाउँदा रु. २५० निश्चित क्यास–ब्याक प्राप्त गर्नेछन् ।

यही जनवरी ३१ सम्म लागू हुने यो अफर ग्लोबल आइएमई बैैकमा नयाँ खाता खोली वा पुरानो निष्क्रिय खाता भएकाहरुले उक्त खातालाई पूनः सक्रिय गरी उक्त खातामा रेमिट्यान्स गरी पैसा पठाउँदा बैंकले रु. २५० सम्म थप गरिदिने छ । ग्लोबल आइएमई देशका सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । 

बैंकले सबै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस बैंकका ४६ लाखभन्दा बढी ग्राहकलाई रहेका छन् । 

रेमिट्यान्स कारोबारको ५० प्रतिशत भन्दा धेरै बजार हिस्सा आइएमई लिमिटेड र ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुको रहेको छ । देशभित्र ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेको बैंकको देश बाहिर तनि वटा बैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । 
 

Advertisement

Advertisement