कतार एयरवेजको २०१९ बन्यो अत्यन्तै सफल वर्ष, स्काईट्रेक्स पुरस्कारबाट पाँचौँ पटक सम्मानित

Advertisement

दोहा । कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो । तर विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौं पटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कार प्राप्त गर्नु कम्पनीको २०१९ को सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो । त्यससँगै कतार एयरवेज उक्त पुरस्कारद्वारा पाँचौं पटक सम्मानित हुने एकमात्र एयरलाइन बनेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरः ‘२०१९ वर्ष कतार एयरवेजका लागि उपलब्धिहरुले भरिपूर्ण वर्ष रह्यो । विगतका १२ महिनामा कतार एयरवेजले धेरै उपलब्धिहरु हासिल गर्योे जसमध्ये पेरिस एयरशोमा विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कारद्वारा सम्मानित हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो । आफ्नो एयरलाइन तथा राष्ट्रकै लागि पाँचौँ पटक उक्त सम्मान प्राप्त गर्नु निकै खास क्षण थियो ।’

Advertisement

Advertisement

Advertisement