‘लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति’ योजनाको विजेता घोषणा

Advertisement

काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६–न यति न उति सिधै लखपति' योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाई बम्पर उपहार रु १० लाखको लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत उक्त विजेता घोषणा गरियो ।

यस उपहार योजना अबधीभर हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगदर तीन जनाले एक लाख रुपियाँ नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसकायो योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक २०० रुपियाँको मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार रुपियाँ र तीन जनालाई र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख रुपियाँ र अन्त्यमा एक जना भाग्यशाली विजेताले १० लाख रुपियाँ बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै यस 'लखपति एक्सप्रेस २०७६ –न यति न उतिसिधै लखपति' योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखिमंसिर ३०गते सम्मचलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement