सोमबारदेखि भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी, २५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका सोमबारदेखि माघ ४ गते सम्म काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन गइरहेको छ ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा हुने उक्त मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनिकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने प्रदर्शनीले लक्ष्य रहेको छ ।

करीब ७० देखि ८० हजार दर्शक भित्राउने, आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने र पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरिने, अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसिमका जुत्ता चप्पलहरु उपलब्ध हुने र आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकारी गराउन उक्त प्रदर्शनी गर्न लागिएको आयोजनले जनाएको छ ।

मेलामा बिक्री बितरण गरिने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने संघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement